३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

गैंडा गणनामा माउतेकाे ज्यानलिने नरभक्षी बाघ निकुञ्जको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(महेन्द्र सिंह)
बर्दिया । गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ ।
आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिनुभयो ।
उहाँका अनुसार माउते चौधरी र उहाँसँग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बाघको आक्रमणबाट मृत्यु भएका चौधरीको शवलाई सुरक्षित साथ उद्धार गरेका थिए ।
प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, चमकन्न रातमा बाक्लो जंगलभित्र बाघको आक्रमण भएको घटना निकै डर लाग्दो र सम्वेदनशिल थियो । तैपनि निकुञ्ज र कोषको प्राविधिक टीमले नेपाली सेनाको सहयोगमा बाघलाई राती नै डार्ट गर्न सफल भयो । घटना भएको केही समयमै आक्रमण गरेको स्थानतर्फ फेरी त्यो बाघ आयो । हामीले बाघलाई देखेपछि १० मिनेटमै डार्ट गरेर नियन्त्रणम लिन सक्यौँ ।
अहिले सो बाघलाई ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ । समस्याग्रस्त यो बाघको उमेर कम्तिमा १० वर्षको अनुमान गरिएको छ । बाघको औसत आयु १५ वर्षको मानिन्छ । त्यसैले यो बाघ बुढो भएकाले मौका छापेर शिकार गर्ने प्रवृतिको भएको बताइएको छ । बाघको खुट्टामा गहिरो चोट लागेको छ ।
सदरचिडिया खानामा ल्याइदै
नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ । प्रमुख श्रेष्ठका अनुसार जावलाखेलस्थितको सदरचिडियाखानामा राख्नका लागि कुरा भइसकेको छ ।
यस अघि डार्ट गरेर नियन्त्रणमा राखिएको एउटा नरभक्षी बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेपछि यो बाघलाई सदरचिडियाखानामा ल्याउने तयारी भएको हो ।
सोमबार निकुञ्ज बन्द
बर्दिया राष्ट्रिय निकुञ्जले आइतवार राती नै एक सूचना जारी गरी सोमवार निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि पूर्ण रुपले बन्द गरेको जनाएको छ । केही दिन अघि निकुञ्ज भित्र एक महिलालाई बाघले आक्रमण गरी मृत्यु भएपछि पर्यटकलाई निकुञ्जभित्र पैदल हिडडुल गर्न बन्द गरिएको थियो भने जीप सफारी सञ्चालनलाई मात्र अनुमति दिने गरेको थियो । सोमवार भने जीप सफारीलाई पनि बन्द गरिएको निकुञ्जको सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!