२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गैंडा गणनामा माउतेकाे ज्यानलिने नरभक्षी बाघ निकुञ्जको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(महेन्द्र सिंह)
बर्दिया । गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ ।
आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिनुभयो ।
उहाँका अनुसार माउते चौधरी र उहाँसँग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बाघको आक्रमणबाट मृत्यु भएका चौधरीको शवलाई सुरक्षित साथ उद्धार गरेका थिए ।
प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, चमकन्न रातमा बाक्लो जंगलभित्र बाघको आक्रमण भएको घटना निकै डर लाग्दो र सम्वेदनशिल थियो । तैपनि निकुञ्ज र कोषको प्राविधिक टीमले नेपाली सेनाको सहयोगमा बाघलाई राती नै डार्ट गर्न सफल भयो । घटना भएको केही समयमै आक्रमण गरेको स्थानतर्फ फेरी त्यो बाघ आयो । हामीले बाघलाई देखेपछि १० मिनेटमै डार्ट गरेर नियन्त्रणम लिन सक्यौँ ।
अहिले सो बाघलाई ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ । समस्याग्रस्त यो बाघको उमेर कम्तिमा १० वर्षको अनुमान गरिएको छ । बाघको औसत आयु १५ वर्षको मानिन्छ । त्यसैले यो बाघ बुढो भएकाले मौका छापेर शिकार गर्ने प्रवृतिको भएको बताइएको छ । बाघको खुट्टामा गहिरो चोट लागेको छ ।
सदरचिडिया खानामा ल्याइदै
नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ । प्रमुख श्रेष्ठका अनुसार जावलाखेलस्थितको सदरचिडियाखानामा राख्नका लागि कुरा भइसकेको छ ।
यस अघि डार्ट गरेर नियन्त्रणमा राखिएको एउटा नरभक्षी बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेपछि यो बाघलाई सदरचिडियाखानामा ल्याउने तयारी भएको हो ।
सोमबार निकुञ्ज बन्द
बर्दिया राष्ट्रिय निकुञ्जले आइतवार राती नै एक सूचना जारी गरी सोमवार निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि पूर्ण रुपले बन्द गरेको जनाएको छ । केही दिन अघि निकुञ्ज भित्र एक महिलालाई बाघले आक्रमण गरी मृत्यु भएपछि पर्यटकलाई निकुञ्जभित्र पैदल हिडडुल गर्न बन्द गरिएको थियो भने जीप सफारी सञ्चालनलाई मात्र अनुमति दिने गरेको थियो । सोमवार भने जीप सफारीलाई पनि बन्द गरिएको निकुञ्जको सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!