०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

IGP शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिम सम्पन्न

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(सागर थापा)
नवलपरासी । प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा, नवलपरासीमा प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम छैटौं समुहको समापन कार्यक्रको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समापन भएको । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम अत्यन्त फलदायी हुने र भविष्यमा आफ्नो कर्तव्य पालना गर्दा कदापी खुट्टा कमाउने कार्य नगर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी विशेष कला तथा कारवाही प्रशिक्षार्थीहरुले प्रदर्शन गर्नु भएको डेमो अवलोकन गर्नुका साथै दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कमाण्डो व्याज समेत सुशोभन गरीदिनु भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!