०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

IGP शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिम सम्पन्न

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(सागर थापा)
नवलपरासी । प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा, नवलपरासीमा प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम छैटौं समुहको समापन कार्यक्रको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समापन भएको । उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम अत्यन्त फलदायी हुने र भविष्यमा आफ्नो कर्तव्य पालना गर्दा कदापी खुट्टा कमाउने कार्य नगर्न निर्देशन दिनु भएको थियो । कार्यक्रममा महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी विशेष कला तथा कारवाही प्रशिक्षार्थीहरुले प्रदर्शन गर्नु भएको डेमो अवलोकन गर्नुका साथै दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कमाण्डो व्याज समेत सुशोभन गरीदिनु भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!