२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

तुल्सीपुर एयरपोर्टमा ईन्धन डिपोको निर्माण कार्यको प्रक्रिया शुरु

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

 

(तेज वली)
दाङ। तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको टरिगाउँ एयरपोर्टमा ईन्धन डिपोको कार्यालय निर्माणको प्रक्रिया अघि बढेको छ । बार्षिक जग्गा लिज नविकरण गर्ने सहमतिमा नेपाल आयल निगमले बार्षिक एक लाख ६९ हजार ३१५ रूपैयाँमा जग्गा भाडामा लिएर इन्धन डिपो निर्माण गर्न थालिएको हो ।

विमानस्थलको ५ कठ्ठा जग्गा निगमलाई उपलब्ध गराईएको हो । नेपाल आयल निगम लिमिटेड ईन्धनडिपो कार्यालय तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठका अनुसार निर्माणको प्रक्रियाअघि बढेको छ । अहिले त्यही जग्गा छुट्याएर रूखहरू काट्नको लागि तुलसीपुर उपमहानगरपालिकसंग समन्वय भइरहेको छ ।
ईन्धन डिपो स्थापनाको लागि केही दिन अघि प्राविधिक सहितको केन्द्रीय टोली दाङ आएर जग्गाको लोकेशन हेरेको थियो । टोलीले जग्गाको लोकेशन हरेर लिजमा लिएको जग्गा छुट्याई रूखहरू काट्न आग्रह गरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।