२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

DIG सुवेदीले गरे IGP लाई ब्रिफिङ निर्मलाको हत्यारा पत्ता लागेको दावी

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले ब्रिफिङ गरेका छन्।

सोमबार डिआईजी सुवेदीले प्रहरी प्रधान कार्यालयमा आईजीपी क्षेत्रीसँग भेट गरेका थिए। लामो समयसम्म निर्मलाको हत्यारा पत्ता लगाउन असफल भएपछि चौतर्फी आलोचना खेप्दै आएको प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाएको दावी गरेको छ।

प्रहरी स्रोतका अनुसार आईजीपीसँगको भेटमा डिआईजी सुवेदीले निर्मला प्रकरणबारे ब्रिफिङ गरेका छन्। सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएको आईजीपीलाई भनेका थिए।
‘भेटको क्रममा आईजीपीले एक हप्ताभित्र केस सुल्झाउन निर्देशन दिएका छन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो। आईजीपीको निर्देशनलगत्तै सुवेदीले निर्मलाको हत्यारालाई सार्वजनिक गर्नेछन्।

निर्मला प्रकरणबारे अनुसन्धानको सुरुदेखि अन्त्यसम्मको घटनाबारे आईजीपीलाई ब्रिफिङ गरेका थिए। निर्मलाको हत्यारा भनेर पुष्टि गर्ने आधारहरु अनुसन्धानको क्रममा कसरी खुल्योरु बलात्कारपछि हत्या गर्नुको कारणबारे सबै कुरा आईजीपीलाई सुनाएका थिए।

भेटका क्रममा सुवेदीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको घटनाको सफल अनुसन्धान बारेमा पनि आईजी क्षेत्रीलाई ब्रिफिङ गरेको जनाइएको छ ।

प्रहरी स्रोतकाअनुसार अझै पनि हत्याराको आरोपी व्यक्ति पक्राउ भने परेका छैनन् आईजीपीको निर्देशनपछि हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने। हत्यारा प्रहरीको कडा निगरानीमा रहेको बताइएको छ। लामो समयपछि निर्मला प्रकरणमा सफलता मिलेको दाबी गरेको सुदूरपश्चिम प्रहरीले अनुसन्धानका क्रममा पूर्व प्रहरीहरूको पनि सहयोग लिएको स्रोतको दाबी छ। डिआईजी सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शैलीबाट उठाएका थिए।

स्थानीयसँगै लामो समय घुलमिल गरेका प्रहरीले हत्यारा पत्ता लगाएको र छिट्टै सार्वजनिक गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश प्रहरी छ। ‘निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सरकार र प्रहरी संगठनलाई टाउको दुखाईको बिषय बनेको थियो – निर्मला प्रकरण । केही प्रहरीलाई अभियुक्त बस्न सक्ने सम्भावित ठाँउको पहिचान गरी विभिन्न भेषमा परिचालन गरिएको थियो। त्यहाँका लागि सादा पोशाकका प्रहरी लामो समयदेखि स्थानीयसँग घुलमिल गरेका थिए। निर्मलाको गत १० साउन २०७५ मा घरनजिकैको उखुबारीमा शव फेला परेको थियो। महेन्द्रनगर पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]