०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

तनहुँको देवघाटमा बनिरहेको त्रिुशली नदीमाथिको पक्की पुल भत्कियो

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७


(राकेश श्रेष्ठ)
चितवन । देवघाट र चितवनको ठिमुरा जोड्ने दुई सय २० मीटरको पक्की पुल सोमबार राति भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो पुल इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी कम्पनीले निर्माण गरिरहेका थिए । तर ढलान गरेको २१ दिनमा निर्माण नसकिदै ४० मिटर भागको पुल भत्किएको हो ।

पुल भत्किनुको कारण खुलेको छैन् । तर कमजोर निर्माण सामग्रीले गर्दा भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।

यसबारे विभागले थप अनुसन्धान थालिएको जनाएको छ । १६ करोडको लागतमा निर्माण सुरु गरिएको पुलको लागत अहिले नाकाबन्दी लगायतका कारणले बढेर २१ करोड पुगेको छ ।
२०७४ सालमा नै बनिसक्नुपर्ने पुल अझै निर्माण सम्पन्न भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!