२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियामा ज्यान लिने नरभक्षी बाघलाई काठमाडौं चिडियाखानामा राखियो

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७


(महेन्द्र सिंह)
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।

मंगलबार बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो ।

गै‌डा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो ।

आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिए ।

उनका अनुसार माउते चौधरी र उनीसँग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा। रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बाघको आक्रमणबाट मृत्यु भएका चौधरीको शवलाई सुरक्षित साथ उद्धार गरेका थिए ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, चमकन्न रातमा बाक्लो जंगलभित्र बाघको आक्रमण भएको घटना निकै डर लाग्दो र सम्वेदनशिल थियो । तैपनि निकुञ्ज र कोषको प्राविधिक टीमले नेपाली सेनाको सहयोगमा बाघलाई राती नै डार्ट गर्न सफल भयो । घटना भएको केही समयमै आक्रमण गरेको स्थानतर्फ फेरी त्यो बाघ आयो । हामीले बाघलाई देखेपछि १० मिनेटमै डार्ट गरेर नियन्त्रणम लिन सक्यौँ ।’

यो बाघको उमेर कम्तिमा १० वर्षको अनुमान गरिएको छ ।

बाघको औसत आयु १५ वर्षको मानिन्छ । त्यसैले यो बाघ बुढो भएकाले मौका छापेर शिकार गर्ने प्रवृतिको भएको बताइएको छ । बाघको खुट्टामा गहिरो चोट लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]