०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

पेट्रोलियम पदार्थ भारततर्फ तस्करी गरेको आरोपमा १० जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

ABC (क्राईमबिट)
वीरगञ्ज । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा ३ जना भारतीयसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

पेट्रोलियम पदार्थ तस्करीमा स‌ंलग्न रहेका भारत विहार मोतीहारी पूर्वी चम्पारण भेलाहीका मनोज गुप्ता, ईदरिश मिया र प्रिन्स साह छन्।

यस्तै पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ का सागिर आलम, रामानन्द राम, रविकुमार साह, मुनी साह तेली, जालिम गद्दी, राजकुमार कुर्मी र आश महम्द राउत गद्दीलाई पनि पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तस्करीमा प्रयोग गरिएका साइकलसहित पेट्रोलियम पदार्थसमेत नियन्त्रणमा लिएको छ।

पेट्रोलियम पदार्थ भारततर्फ तस्करीमा संलग्न रहेका धोबिनी गाउँपालिका–५ लंगडीको इस्लाम आयल स्टोर, जगरनाथपुर गाउँपालिका–२ स्थित विशमिल्लाह आयल स्टोर र वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित तिवारी आयल स्टोरलाई कारबाहीका लागि नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा पठाइने पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई भने कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!