प्रकशित मिति : २५ चैत्र २०७७, बुधबार २२:५९

(ABC Sanchar)
सुर्खेत । स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन जिल्लावासीलाई अनुरोध गरेको छ।

सुर्खेत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी वायु प्रदूषणबाट बच्न सचेत गराएको हो।
प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘वायु प्रदूषणको स्तर बढ्दै गई मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनु हुन र केटाकेटी, बूढाबूढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ।’


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- a[email protected]

Copyright © 2015-2022 AbcSanchar.com