२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

जबर्जस्ती कारणीको आरोपमा फरार प्रतिवादी एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७


ABC (क्राईमबिट) कपिलवस्तु । परिवर्तित नाम ५६ गढवा २०७७।०७८-७० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान समेत भएको जवरजस्ती करणी मुद्दामा वारदात मिति २०७७।१२।०१ गते देखि भागी फरार भएका प्रतिवादीहरु जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान र ऐ. वडा न.-०५ चन्द्रौटा बस्ने वर्ष ३३ को बुद्ददु मुसलमानको खोजतलास गरी फेला परेमा रितपुर्बक पक्राउ गरी यस कार्यालयमा दाखिला गर्नु भन्ने ईलाका प्रहरी कार्यालय गढवा दाङ अ.अ शाखाको सि.न. ८१९ को मिति २०७७।१२।०४ गतेको प्राप्त संचार आदेशाअनुसार उक्त मुद्दामा फरार भएका प्रतिवादीहरु मध्यका प्रतिवादी जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा न.-०१ घर भई हाल शिवराज नगरपालिका वडा न.-०५ बस्ने , बर्ष ४२ कल्लु भनि बोलाउने बुद्ददु मुसलमान भन्ने समसुद जोहा मनिहारलाई मिति २०७७।१२।२५ गते बिहानको अन्दाजी १०:०० बजे र अर्का फरार प्रतिवादी मम्सुद मुसलमानलाई मिति २०७७।१२।१४ गते यस कार्यालयका का. प्रमुख प्र.नि दिपेश खरेल समेतको टोलिले रित पुर्बक पक्राउ गरी अनुसन्धान कार्यकोलाई ईलाका प्रहरी कार्यालय गढवा दाङमा पठाईएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!