२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा दामोदर:भण्डारी निर्वाचित

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७


(महेन्द्र सिंह) बाँके । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् ।

भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् ।

आज बिहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए।

त्यस्तै उपाध्यक्षमा संगीन शर्मा बिजयी भएका छन भने महिला उपाध्यक्ष करुणा शाह र सचिबमा केपी ओली निकट प्रेस चौतारीका कमल डाँगी बिजयी भएका छन् ।

त्यस्तै सह-सचिब (समाबेशी) तर्फ हेमन्त चौधरीसह-सचिब खुल्ला तर्फ कृष्ण ओली र कोषाध्यक्षमा बिनोद पौडेल बिजयी भएका छन् ।

यस्तै महिला सदस्य तर्फ साबित्री गिरी दलित सदस्यमा केपी ओली निकट प्रेस चौतारीकी पबित्रा परियार बिजयी भएका छन् । यता आदिवासी जनजाति सदस्यमा राधेश्याम थारु र अल्पसंख्यक सदस्यमा मोहमद जाबेद हलवाई,सदस्य मधेसी तर्फ भिष्म लोधखुल्ला सदस्य जाबेद अहमद शाह, दिनेश ठाकुर, सुनिल रेग्मी, सौरभ गिरी, निर्मल शर्मा, खगेन्द्र प्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने (अशान्त) बिजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!