२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ भन्दै हिँड्ने एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र २७, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । ‘राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर हुँ’ भनेर हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ओखलढुंगाको सुनकोसी गाउँपालिका–२ घर भएका कुमार खड्का उर्फ विष्णुलाई पक्राउ गरेको हो । ३५ वर्षीय विष्णुलाई बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल नजिकैबाट पक्राउ गरिएको हो ।

उनले आतंकवाद र तराईको भूमिगत समूहको सूचना सरकारलाई आफुले नै दिने गरेको भनेर भ्रम छर्ने गरेका थिए । राअवीको इन्सपेक्टर र प्रहरीको विशेष ब्यूरोको सूचक समेत हुँ भन्दै हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

‘राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर हुँ नि झुक्यानमा पारेर अनुचित लाभ लिने गरेको देखिन्छ’ एसएसपी सिंहले भने–‘उनीमाथि थप अनुसन्धान गरिरहेका छौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!