०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

कोहलपुर प्रहरीले पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

 (महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए ।
प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको कोहलपुर डिएसपी खनालले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!