०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कोहलपुर प्रहरीले पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

 (महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए ।
प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको कोहलपुर डिएसपी खनालले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!