०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङको देउखुरी राजपुरमा आगलागी हुँदा लाखौंको नोक्सान

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

(मेघमान बुढा )दाङ । राजपुर गाउँपालिका वडा नम्बर -७ अन्तर्गत भैसाही नाकाको सिमजमरी बस्तीमा भारतको चुरे जङ्गल बाट आएको आगोले नाकाको चारै तिर बाट घेरेको हुँदा आगो नियन्त्रण लिन नसके पछि ससराम रानाको घरमा हिजो मात्रै करिब दिउँसो १२:०० बजे तिर आगलागी भएपछि घरमा रहेको बाख्राको खोर सहिद १८ वटा बाख्रा लगाएत घरमा रहेको नगद पैसा ४००००,खाद्यान्न सामग्री ,लत्ताकपडा मात्रै नभएर घरमा रहेको एक तोला सुन लगायत सबै सामान आगो बाट जलेर नोक्सानी भएको छ । भने नोक्सान भने करिब १० लाख भन्दा धेरै भएको बताउनु हुन्छ श्री गौरीशंकर नि.मा.वि का प्राध्यापक तङ्क बि. कले नाकामा कुनै पनि संचार माध्यम नभएको कारण वरपर रहेको गाउँले समेत लाई खबर नहुदा आगो नियन्त्रणमा आउन नसकेको हुँदा धेरै नोक्सानी पुगेको छ । नाका मा संचार अभावका कारण सिमानामा रहेको सिमा सुरक्षा प्रहरी चौकी लगाएत सशस्त्र प्रहरी लाई समेत जानकारी भएको थिएन । नाकामा रहेका नाका बासिन्दाहरुले हरेक समस्या भोग्नु परेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]