०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा विपुल पोख्रेल निवार्चित

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७


(ABC Sanchar)
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रको आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल भारी मतअन्तरका साथ विजयी भएका छन्।

मतगणना सकिए पनि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो।

विपुल प्यानल जित सुनिश्चित भएको हो। अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन्।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ। मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ।

५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्।

यस्तै, सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी भएका छन्। कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!