२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको कोइलाबास बजारमा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७


(ABC Sanchar)
दाङ । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो ।कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिनुभयो ।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्ति गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अव समाधान हुने भन्दै कोईलाबासका स्थानिय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो ।विद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुने छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]