२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको कोइलाबास बजारमा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७


(ABC Sanchar)
दाङ । कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो ।कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिनुभयो ।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्ति गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको अध्यक्ष सिद्धिकिले बताउनुभयो ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अव समाधान हुने भन्दै कोईलाबासका स्थानिय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताउनुभयो ।विद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुने छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!