०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

अपराध बिरुद्ध लड्न नागरिकसँग हातेमालोको आवश्यक AIG :कार्की

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

ABC (क्राईमबिट)
कैलाली । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रधुम्‌न ‍‍कुमार कार्कीले जनताको सहयोग बिना प्रहरीले काम गर्न नसक्ने बताएका छन्। कैलालीको गौरीगंगगा नगरपालिका-८ स्थित इलाका प्रहरी कार्यालय मसुरियाको नवनिर्मित भवनको आइतवार उद्घाटन गर्दै एआईजी कार्कीले जनतालाई राखेर कार्य गर्नुपर्ने र नयाँ भवनमा बसेर पुरानो सोचाईबाट सेवा प्रवाह गरे त्यो प्रभावकारी नहुने बताए।
प्रदेश प्रहरीसंग सौहाद्र र सुदृढ खालको सम्बन्ध भएन भने अपराध र अपराधी विसंगती विरुद्ध लड्न नसक्ने भएकोले नागरिक समाजसंग हातेमालो र साझेदारीको आवश्यक पर्ने एआईजी कार्कीले ताए।

कार्यक्रममा इलाका प्रहरी कार्यालयको भवन निर्माणमा विभिन्न निकायसँग समन्वय गरि योगदान पुरयाउने गौरीगंगा नगरपालिका प्रमुख भिम बहादुर देउवा,रोयल निर्माण प्रा।लिका ठेकेदार प्रकाश बहादुर सेठी,युनोप्स इन्जिनियर अनुज पाण्डे,विपिन नेपाल,जग्गा खरिद र सरोकारवाला संग समन्वयमा योगदान गरे बापत समाजसेबी राजेन्द्र प्रसाद देवकोटा र सवारी दूघटनामा प्रहरीसंग सहकार्य गरि क्वीक रेस्पोस टिममा एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरे बापत वडा न ९ का वडा सदस्य चिरञ्जीवी जोशी लगाएत ६ जनालाई प्रशंसा पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो ।

नव निर्मित भवन डिएफआइडीको सहयोगमा एमआइपी परियोजना अन्तरगत २करोड ६४ लाख ८३ हजार ९० रुपियाँ लागतमा निर्माण भएको हो।उद्घाटन कार्यक्रम गौरीगंगा नगरपालिका भिम बहादुर देउवा,सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी,कैलाली जिल्ला प्रहरी पमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी निरीक्षक लक्ष्मी पसाद जोशीले मन्तव्य राखेका थिए।

कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल,सशस्त्र प्रहरी वल नेपाल न ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठ र संघीय प्रहरी इकाई कार्यालय प्रमुख वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्याय लगाएत उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!