०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँचको मृत्यु २२ घाइते

Logo
प्रकाशित सोमबार, चैत्र ३०, २०७७

(राकेश श्रेष्ठ)
चितवन । चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने र घाइतेहरुको परिचय खुल्न सकेको छैन । घाइतेहरुको भरतपुर अस्पताल, कलेज अझ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!