२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

बिधालयहरु तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव..!

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७


(ABC Sanchar)
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए–नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल आयोजना गरिएको हो ।

छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने अनुपस्थित थिए । मन्त्रीकै अध्यक्षतामा छलफल हुने भनिए पनि उनको एक आफन्तको निधन भएका कारण उपस्थित हुन नसकेको मन्त्रालय स्रोतले जनायो ।
छलफलमा सहभागी एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका सबै प्रावधानलाई कडाइका साथ लागू गरेर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छन् ।
‘कोरोना संक्रमण फेरि बढ्न लागेको छ, तर अब यससँग जुध्दै अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर शिक्षण संस्था सुचारु राख्न सबै पक्ष सहमत भएका छौं ।’
स्थानीय तहका प्रतिनिधिले पनि शिक्षण संस्थामा बेलाबखत निगरानी गर्ने, कुनै शिक्षण संस्थामा संक्रमण प्रकाशमा आएको खण्डमा सोही शिक्षण संस्थालाई निश्चित अवधिका लागि बन्द गर्न सकिने लगायतका विषयमा सुझाव दिँदै समग्र शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव राखेका थिए ।

आजै बस्ने मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोत बताउँछ । शिक्षा मन्त्रालयले भने सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई मन्त्रीसमक्ष ब्रिफिङ गरेर मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने तयारी गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!