२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नयाँ वर्ष प्रारम्भ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

(ABC – Sanchar)
काठमाडौँ । नयाँ वर्ष २०७८ प्रारम्भ भएको छ। विसं २०७७ को बिदाइ र नयाँ वर्ष २०७८ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ।

विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ। यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल कामनाका साथ मनाउने गर्छन् ।

यस अवसरमा समाजमा साहित्यिक कार्यक्रम, भेटघाट नाचगान, रमणीय स्थानको यात्रा तथा वनभोजको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ ।

साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस भन्ने कामना पनि गर्ने गरिन्छ।

नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ।
विक्रम संवत प्राचीन भारतवर्षका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!