२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पीडितहरुको गुनासो सुन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

ABC (क्राईमबिट)
पोखरा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजीपी शैलेस थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशिल रहि पिडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न गराउन निर्देशन दिएका छन् ।

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा आयोजना गरिएको २ दिने संयुक्त सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका आईजीपी थापाले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई विशेष सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन् ।

आईजीपी थापाले अपराध अनुसन्धान तथा रोकथाम, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या लगायतका बिषयमा निर्देशन सम्बोधन गरेका छन् ।

निर्देशन कै क्रममा उनले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादन तर्फ उन्मुख हुनुपर्ने बताउँदै सांगठनिक मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न समेत निर्देशन दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समग्र प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान लगायतका विषयमा आईजीपी थापालाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]