२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङका पत्रकार एवं साहित्यकार सबिन प्रियासन राष्ट्रपतिबाट विभुषित

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

 

(ABC – Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं प्रेस चौतारीका लुम्बिनी प्रदेश इञ्चार्ज सविन प्रियासन बिभुषित हुनुभएको छ । वैशाख १ गते नेपाल सरकारले प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई राष्ट्रपतिद्धारा बिभुषित गरेको हो । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गरिएको हो।

गत वर्ष संविधान दिवसको अवसरमा विभुषित गर्ने निर्णय भए पनि कोरोना भाइरस महामहारीका कारण रोकिएको थियो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशकरसम्पादक हुनुहुन्छ । पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । भर्खरै पत्रकार महासंघको अध्यक्षमा उहाँको कार्यकाल सकिएर निर्वाचन मार्फत नयाँ नेतृत्व आइसकेको छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।

२०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ । यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।