२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नयाँ बर्षमा कर्णाली चिसापानीको पुलमा पर्यटकको भीडभाड

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


(सर्मिला बोगटी)
धनगढी । कैलालीका महत्वपूर्ण पर्यटकीय स्थल चिसापानीको धेरै पर्यटकले बुधबार अवलोकन गरेका छन् । नयाँ वर्षको दिन सो ठाउँमा पर्यटकको भीडभाड भएको हो । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यले उनीहरुले चिसापानीको भ्रमण गरेका हुन् ।
लम्कीचुहा नगरपालिका–३ मा रहेको चिसापानी यो जिल्लाको एक महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । नयाँ वर्षको दिन चिसापानी बजार र कर्णाली पुल आन्तरिक पर्यटकले भरिभराउ रहेको थियो ।
वडा अध्यक्ष भक्तबहादुर चलाउनेले एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक चिसापानीमा पुगेको बताउनुभयो । ‘बजार र पुल पर्यटकले भरिभराउ छ’, उहाँले भन्नुभयो । ‘पर्यटक बढेपछि सुरक्षाकर्मीको उपस्थिति पनि बढाइएको छ ।’
चिसापानीमा रहेको कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् । चिसापानीभन्दा थोरैमाथि रहेको पितमारीमा पिकनिक खानेको पनि भीडभाड रहेको जनाइएको छ ।
नयाँ वर्षको दिन बुटवल र भैरहवासम्मका आन्तरिक पर्यटक भ्रमण, अवलोकनका लागि चिसापानी पुगेको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । ‘टाढाबाट आएका आन्तरिक पर्यटकलाई हामीले स्वागत र सम्मान पनि गरेका छौं’, उहाँले भन्नुभयो ।
धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक अत्यधिक मात्रामा चिसापानीमा पुग्ने गरेका छन् । नयाँ वर्षको दिन आन्तरिक पर्यटकको चहलपहल भएपछि व्यापार, व्यवसाय पनि फष्टाएको जनाइएको छ । होटलहरु पर्यटकले भरिएका छन् ।
कोरोना महामारीका कारण पर्यटन व्यवसाय फष्टाउन सकेको छैन । एकदिन भए पनि पर्यटक आएर कारोबार बढ्दा केही राहत महसुस भएको स्थानीय व्यवसायी कमला गुरुङ्ले बताउनुभयो । ‘थोरै भए पनि राहत भएको छ’, उहाँले भन्नुभयो ।
टिकटकका कारण मान्छेले ज्यानसमेत गुमाउने गरेका घटनाहरुलाई मध्यनजर गरेर चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । केही दिन अगाडिमात्रै भ्रमणका लागि गएका तीन जना किशोरहरुले कर्णाली पुलबाट हाम फालेका थिए । दुई जनाको सकुशल उद्धार भए पनि एक किशोर अझै बेपत्ता छन् । त्यस्ता दुःखदायी घटना दोहोरिन नदिनका लागि सतर्कता बढाइएको वडा अध्यक्ष चलाउनेले बताउनुभयो । यसैबीच, कर्णाली पुलमा कैलाली होटल व्यवसायी सङ्घले ७८ वटा नेपाली झण्डा राखेको छ ।
यसैगरी, नयाँ वर्षको दिन टीकापुर पार्क, घोडाघोडी ताल, कोइलही ताल र खाँनीडाँडामासमेत आन्तरिक पर्यटकहरुको घुइँचो लागेको थियो । पिकनिक मनाउन र घुम्नका लागि विभिन्न ठाउँका मानिस यी क्षेत्रमा पुगेका थिए । नयाँ वर्षको दिन बालबच्चालाई खानीडाँडाको भ्रमण गराएको धनगढीका सुनिता थारुले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!