२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ वटा सवारी कारवाहीमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

 

(ABC-Sanchar)
चितवन । मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पौडेलले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ । पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।

डा पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताउनुभयो । चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उहाँले जनाउनुभयो ।

पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पु¥याउनुपर्ने हुन्छ । पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ । पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ । चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् । काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ । पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैँसी राजधानीलगायतका शहरमा ढुवानी गरिन्छ । यस्तै विभिन्न स्थानबाट खसीबोकासहित विभिन्न पशुपक्षीको ढुवानी हुने गर्दछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।