०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ वटा सवारी कारवाहीमा

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

 

(ABC-Sanchar)
चितवन । मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डविपरीत ढुवानी गर्ने व्यक्ति वा फार्मलाई दण्ड वा जरिवाना गरेवापत चालु आवको हालसम्म रु ६३ हजार ५०० राजस्व सङ्कलन गरिएको पौडेलले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी पशु ढुवानी गर्नु, नाक मुख बाँधेर पशु ओसारपसार गर्नु, चेकपोष्टमा दरपिट नगरी आउनु, पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र नलिई आउनुलगायतका कुरालाई पशु ढुवानी मापदण्डविपरीत मानिन्छ । पशुलाई ढुवानी गर्दा हलचल गर्न मिल्ने, घाउचोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई, एकापसमा ठोक्किएर अङ्गभङ्ग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्नेलगायतका कुरा मापदण्डमा उल्लेख छ ।

डा पौडेलका अनुसार पशु चिकित्सकसँग पशु स्वास्थ्य जाँच गराएको प्रमाणपत्रको अवधि ७२ घण्टा नाघेको हुुनुहुँदैन । स्वास्थ्य जाँच नगरिकन पशु ढुवानी गर्ने अहिलेसम्म नपाइएको बताउँदै डा पौडेलले यदि स्वास्थ्य जाँचविपरीत आएको खण्डमा पशुपक्षी अन्वेषण प्रयोगशाला, भरतपुरमा पठाएर जाँच गर्न लगाइने बताउनुभयो । चल्लाको हकमा बिक्री अनुमतिपत्रको आधारमा ढुवानी गर्न दिइने गरेको उहाँले जनाउनुभयो ।

पशु चिकित्सक डा पौडेलका अनुसार एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गराउँदा पशु स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । जाँच गरिएको प्रमाणपत्र देखाउन चितवन जिल्ला प्रवेश गरेका सबै पशुपक्षी ढुवानी गरेका सवारी रामनगर पु¥याउनुपर्ने हुन्छ । पश्चिमबाट पूर्व लैजान खोजिएका तथा पूर्वबाट पश्चिम लैजान खोजिएका पशु ढुवानी गरेका सवारीले चितवन आएपछि रामनगर लगेर प्रमाणपत्र देखाई दरपिट गर्नुपर्ने हुन्छ । पशु क्वारेन्टाइन जाँच गर्ने चौकीको नै देशमा कमी छ । चितवनबाट नजिक रहेका अरु पशु क्वारेन्टाइन चेकपोष्ट पूर्वतर्फ बाराको पथलैया, पश्चिममा दाङको भालुवाङ र काठमाडौँको नागढुङ्गा हुन् । काठमाडौँ लैजान लागिएको हकमा रामनगरमा जाँच भएपछि पुनः नागढुङ्गामा जाँच गरिन्छ । पोखरा लैजान लागिएको हकमा भने रामनगर नै अन्तिम जाँचस्थल हो । हरेक हप्ता तराईमा आयोजना हुने पशुमेला, हटिया, हाटबजारबाट खरिद गरिएका राँगा–भैँसी राजधानीलगायतका शहरमा ढुवानी गरिन्छ । यस्तै विभिन्न स्थानबाट खसीबोकासहित विभिन्न पशुपक्षीको ढुवानी हुने गर्दछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन्। ‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, […]

माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् 9848060799 मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ। वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

error: Content is protected !!