२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

कोरोनाको दास्रो लहर १० प्रतिशतभन्दा धेरै बालबालिकामा आउन सक्ने सङ्केत

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन्। गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै मङ्गलवार ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यो तथ्याङ्कले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डाक्टर पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले अस्पताल भर्ना हुनेहरूमा ५० प्रतिशतभन्दा धेरै ५० वर्षमुनिका रहेका भन्दै यसअघिको अवस्था भन्दा फरक रहेको र बढी जटिल अवस्थाको सङ्केत रहेको बताए।

नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ ‘भेरिएन्टु’ पनि रहेको भदै निर्देशक पौडेलले यी भेरिएन्टहरूको सङ्क्रमण र मृत्युदर दुवै उच्च रहेको बताए । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्‍याउने भएकोले बच्नका लागि थप सावधानी अपनाउनुपर्ने उनले बताए।

विभिन्न अस्पतालहरुले समेत विरामीभई अस्पताल भर्ना हुनेमध्ये १० देखि १८ प्रतिशत सङ्क्रमित बालबालिका रहेको भन्दै यसले चिन्तित बनाएको बताउछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!