२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंमा ठुलो हुरीबताससँगै अन्धकार विद्युत अबरुद्

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८


(ABC-Sanchar)
काठमाडौं । राजधानीमा ठूलो हुरीबतास चलेसँगै राजधानीमा बिद्युत अवरुद्ध बनेको छ । नेपाल विद्युत प्राधिकरणले हुरीबताससँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको छ ।
हावाहुरीले कतिपय स्थानमा विद्युत पोल ढल्नुका साथै कतिपय स्थानको विद्युत भने सम्भावित क्षति नहोस् भनेर बन्द गरिएको बताइएको छ ।

राजधानीमा बिहीबार राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको थियो भने जसका कारण जनजीवन प्रभावित हुन पुग्यो। करिब आधा घण्टा तीव्र बेगका साथ हुरी चलेको थियो भने अहिले केही कमी भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]