३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेको भेरी अस्पतालमा उपचाररत ४९ कोरोनाको अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । बाँकेमा अहिलेसम्म कूल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।

बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!