प्रकशित मिति : ३ बैशाख २०७८, शुक्रबार २१:१९

        ABC (क्राईमबिट)        बाँके । कोहलपुर पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ५ जनाको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् । 
सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिदा ४ पुरुष सहित एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक  कार्यालय बाँकेका प्रहरी निरिक्षक राजु भण्डारीले जानकारी दिए ।
सो घटनामा परि घाइते भएक ३६ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि पठाईएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com