२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

५ दिने दालमोट बनाउने तालिम बिजुवारमा सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

राम बहादुर बिश्वकर्मा
प्युठान / प्युठानको बिजुवारमा दालमोट बनाउने तालिम सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा तालिम संचालन गरिएको हो । ५ दिन सम्म संचालन गरिएको तालिमको आइतवार एक कार्यक्रम गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ४ का वडअध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले गुणस्तर सहितको बस्तु उत्पादन गर्न आग्रह गर्नुभयो । तालिममा सिकेको सिपलाई प्रयोगमा ल्याउन सहभागीलाई आग्रह गर्दै वडा कार्यालयले हरेक बस्तिमा जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु ल्याईरहेको उहाले बताउनुभयो ।
तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकास मञ्चका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले सिप बिकास तालिमले ब्यक्तिलाई सबल र आत्मनिर्भर बनाउने बताउनुभयो । उपभोक्ताको माग अनुसारको तालीम सन्चालन गरिएको उहाको भनाई छ ।
त्यस्तै पहिले उद्यम के हो , उद्यम कसरी गर्ने भन्ने बारे थाह नपाएकी रेशमा कार्कीले तालिममा सहभागी भएपछि उद्दमशिलता बिकास तालिमबाट दालमोट बनाउन जानेको भन्दै अब यहि उद्योग सन्चालन गर्ने बताउनुभयो ।

तालिम समापन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बि.क ले गर्नुभएको थियो।वडा बासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!