२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१७ लाख ६२ हजार बराबरको अबैध सामान र गाडी पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

(सर्मिला बोगटी)
कञ्चनपुर । प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्राएको सामान र गाडी बरामद गरेका छ।जिल्ला प्रहरी कार्यालय तथा महातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका-४ गल्ली नम्बरबाट भन्सार छलीको सामान बरामद गरेको हो।

प्रहरीले सानो ठूलो घण्टी, डोर स्पीरिङ ,कमल बिडी र सुपप्र २००३ म ६५३१ नम्बरको मोटरसाइकल (आन्दाजी) २ लाख ६२ हजार २ सय बराबरको समान बेवारिसे अबस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी उक्त समान आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।

यस्तै २०७७ चैत २९ गते जिल्लाको शुक्लाफाँटा नगरपालीका १० झलारी स्थित‍ आवश्यक कागज पत्र लगायत भन्सार समेत नभएको लागु औषध सहित बरामद गरिएको भारतीय नम्बर प्लेटको UK06AK3435 नम्बरको होण्डाई XCENT कार (आन्दाजी पन्ध्र लाख ) बराबरको कार, सामान आवश्यक कारवाहीको गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]