२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मौसम खराबीले हवाई जहाज उडानमा सामान्य प्रभावित

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

(ABC-Sanchar)
काठमाडौं । मौसमको खराबीले मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी बिग्रिएपछि अन्तरराष्ट्रिय उडानका केही एयरलाइन्स डाइभर्ट भएका छन् भने आन्तरिकतर्फ सात उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रियतर्फ दमामबाट आइरहेको हिमालय एयरलाइन्सको जहाज बनारस डाइभर्ट भएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाज पनि बनारस डाइभर्ट गरिएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज कोलकात्ता डाईभर्ट भएको छ । यस्तै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज दिल्लीबाट काठमाडौँ आउँदै गरेकामा मौसम खराबीले उतै फर्किएको विमानस्थलले जनाएको छ ।​
आन्तरिकमा बुद्ध र यतीका सात उडान विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा अपराह्नपछि मौसम बद्ली भई चट्याङ्ग/हावाहुरीसहितको वर्षा भएको छ । काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी धनकुटामा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!