२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

कोरोना बढेपछि रुपैडिया जान र आउन रोक सिमामा कडाइ

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

(महेन्द्र  प्रताप सिंह)
बाँके । कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।
छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो ।
उहाले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताउनुभयो ।
उहाका अनुसार, सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!