१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा सामाजिक न्याय स्थापित हुन सकेन : रिजाल

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

सिता बि.क
प्युठान /महिलाहरुका लागी नेतृत्ब तथा क्षमता बिकास तालिम खलंगामा सुरु गरिएको छ।
मल्लरानी गाउँ पालिकाका ४ को सहयोग तथा के .आर कन्सल्टेन्सी प्युठान को आयोजना मा सन्चालन गरिएको हो।
तालीम सुरु गर्दै के आर कन्सल्टेन्सीका परामर्शदाता कृष्णमाया रिजालले महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने बताउनुभयो।
महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक बिकास कार्यमा सक्रिय सहभागीता जनाउदै नेतृत्व लिनु पर्ने उहाको आग्रह थियो ।रिजालले सामाजिक तथा पारिबारिक हिँसामा महिलाहरु बढी पीडित रहेको बताउदै महिलालाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा सोचे अनुरुपको परिवर्तन आउन नसक्दा सामाजिक न्यायस्थापित हुन नसकेको स्पष्ट पार्नुभयो।कार्यक्रममा महिला बिकास निरीक्षक माया श्रेष्ठले
महिलाहरुले आत्मबिश्बास बृद्धि गर्दै समाजमा हुने हरेक गतिबिधीमा नेतृत्ब बिकास गर्नुपर्नेमा जोड दिदै महिलाको नेतृत्ब बिकास कसरि गर्न सकिन्छ समता र समानता ,महिला हिँसाले समुदायमा पारेको प्रभाब, महिला माथि हुने हिँसा लगाएतको बारेमा प्रष्ट पार्नुभएको थियो। २० जना महिलाको सहभागिता रहेको तालिम असार ३,४ र ५ गते सम्म चल्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!