२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा सामाजिक न्याय स्थापित हुन सकेन : रिजाल

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

सिता बि.क
प्युठान /महिलाहरुका लागी नेतृत्ब तथा क्षमता बिकास तालिम खलंगामा सुरु गरिएको छ।
मल्लरानी गाउँ पालिकाका ४ को सहयोग तथा के .आर कन्सल्टेन्सी प्युठान को आयोजना मा सन्चालन गरिएको हो।
तालीम सुरु गर्दै के आर कन्सल्टेन्सीका परामर्शदाता कृष्णमाया रिजालले महिलाहरुले नेतृत्ब गर्नको लागी आफैमा क्षमता बिकास गर्नुपर्ने बताउनुभयो।
महिलाहरुले आफ्नो क्षमता बिकास गरि हरेक बिकास कार्यमा सक्रिय सहभागीता जनाउदै नेतृत्व लिनु पर्ने उहाको आग्रह थियो ।रिजालले सामाजिक तथा पारिबारिक हिँसामा महिलाहरु बढी पीडित रहेको बताउदै महिलालाई समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा सोचे अनुरुपको परिवर्तन आउन नसक्दा सामाजिक न्यायस्थापित हुन नसकेको स्पष्ट पार्नुभयो।कार्यक्रममा महिला बिकास निरीक्षक माया श्रेष्ठले
महिलाहरुले आत्मबिश्बास बृद्धि गर्दै समाजमा हुने हरेक गतिबिधीमा नेतृत्ब बिकास गर्नुपर्नेमा जोड दिदै महिलाको नेतृत्ब बिकास कसरि गर्न सकिन्छ समता र समानता ,महिला हिँसाले समुदायमा पारेको प्रभाब, महिला माथि हुने हिँसा लगाएतको बारेमा प्रष्ट पार्नुभएको थियो। २० जना महिलाको सहभागिता रहेको तालिम असार ३,४ र ५ गते सम्म चल्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!