०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

गर्मी बढेसँगै बाँकेमा लामखुट्टेको प्रकोप बढ्यो तत्काल औषधी छर्किँने वडा अध्यक्ष हमाल

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८

 

(महेन्द्र प्रताप सिंह)
बाँके । गर्मी बढेसँगै बाँकेको सदरमुकाम नेपालगन्ज सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि नेपालगन्ज उपमहानगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको नेपालगन्ज वडा नम्बर २ का स्थानीयवासी पवन गुप्ताले बताए ।

सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा उपमहानगरपालिका अन्तर्गतका सबै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी वडा नम्बर २ का शिव सोनीले बताए । उचित सरसफाइ हुन नसक्दा नेपालगन्ज बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
स्थानीय बासिन्दाले यस वर्ष समयमै नेपालगन्ज उपहानगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।

नेपालगन्जको बजार क्षेत्र र टोल बस्तीमा नियमित सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयवासीको गुनासो छ । दैनिकी रुपमा सरसफाइ गर्नुपर्ने उनीहरुको माग रहेको छ । भने नेपालगन्ज उपमहानगरपालिका वडा कार्यालय २ का वडा अध्यक्ष सुनिल सिंह हमालले उपमहानगरपालिकाले राखेका सरसफाइ  कर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए ।

साथै उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा तत्काल औषधि छर्किने बताए । उप महानगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

error: Content is protected !!