२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

दाङको भैसाही नाकाका आगलागी पीडितलाई राहत वितरण

Logo
प्रकाशित शनिबार, बैशाख ०४, २०७८


(ABC-Sanchar) दाङ । भैसाहीँनाका राजपुर गाउँपालिका वडा नम्बर-७ अन्तर्गत भैसाहीनाका र खिड्कीनाका मा गत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का र गत २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घर मा सामुदायिक वन बाट आएको आगोले क्षेती पुराएको थियो । अग्नीपीडितको त्यो पीडा अनि समस्यालाई बुझेर लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारु,शिखर खड्का, राजपुर गाउँपालिका नम्बर -६ का वडाअध्यक्ष श्याम रोका लगाएको टोलि खाद्यान्न र लत्ताकपडा बोकेर भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका -७ भैसाहीनाका मा पुग्नु भएको थियो । राहत स्वरुप १६ कुन्ट्ल चामल एक कुन्ट्ल गहुँ भाडाकुडा र त्रिपाल बोकेर सदस्य थारु शुक्रबार अग्नीपीडितको घरमा पुगेर राहत वितरण गर्नु भएको थियो । भने त्यस्तै गरेर गौरीशंकर मावि भैसाहीँनाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहात स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ । शुक्रवार रोकाले भैसाहीँनाका र खिड्कीनाकाका दुई घर अग्निपिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो । गत आइतवार २२ गते दिउँसो ३:०० बजे भिमबहादुर खड्का र गत शनिवार २९ गते दिउँसो १:०० बजेको समयमा शसराराम रान मगरको घरमा आगँलागी हुँदा सबै धोस्त भएको हो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!