२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्थ मन्त्रालयका १० सहसचिवको सरुवा हेर्नुहोस् को कहाँ भए सरुवा

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

 

(ABC-Sanchar)
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई मन्त्रालय तानेरविश्वप्रसाद अर्याललाई वीरगन्ज भन्सारमा पठाइएको छ।

यसैगरी अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालय, उमाकान्त आचार्यलाई सहमहालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

हेर्नुहोस् को कहाँ?

थानप्रसाद पंगेनीः सहमहालेखा नियन्त्रक
अच्युतप्रसाद शिवाकोटीः प्रमुख जाँचपास प्रशासक
उमाकान्त आचार्यः सहमहालेखा नियन्त्रक
इश्वरप्रसाद अर्यालः उपमहानिर्देशक, भन्सार विभाग
बाबुराम सुवेदीः कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
विश्वप्रसाद अर्यालः वीरगन्ज भन्सार प्रमुख
महेश भट्टराईः अर्थ मन्त्रालय
महेश आचार्यः अर्थ मन्त्रालय
बाबुराम भण्डारीः सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
भूमिराम शर्माः सदस्य सचिव, नेपाल राजश्व परामर्श विकास समिति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]