प्रकशित मिति : ६ बैशाख २०७८, सोमबार ०९:२३

(ABC-Sanchar)
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।

हेण्ड ब्याग चेक गर्ने क्रममा स्रोत नखुलेको रकम भेट्टिएपछि उक्त रकम विमानस्थल सुरक्षाको लेखा शाखामा सुरक्षित राखिएको र निज व्यक्तिलाई गौशाला वृत्तमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com