२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँके प्रहरीको शरणमा २६ वर्षपछी  भारतबाट भक्तबहादुर पुगेपछि

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

(महेन्द्र प्रताप  सिंह)
बाँके । बाँके प्रहरीको शरणमा ३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न  भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको शरणमा आइपुगेका छन् ।

आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् ।

२०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न  हिँडेका भक्तबहादुर यो बीचमा एकपटक पनि घर आएनन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाका अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि  त्यहाँका नेपालीहरुले उनलाई उद्धार गरी मंगलबार बाँके  जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाएका हुन् ।

जितपुर घर बताएका उनले बर्दियाको दमौली भन्ने ठाउँमा दाजुभाइ तथा आफन्त रहेको प्रहरीसमक्ष बताएका थिए । सोहीअनुसार प्रहरीले उनका आफन्तको खोजी गरेको र उनीहरुसँग सम्पर्क भएको बताइएको छ ।

भारतमा रहँदा उनले ११ वर्षसम्म सडक मजदुरी गरे । त्यसपछि किन्चर टोल कै जितराम भन्ने व्यक्तिको घरमा १५  वर्षसम्म उनी घरेलु कामदारका रुपमा रहे ।

पछिल्लो समय मानसिक सन्तुलन गुमाएका उनलाई जितरामले घरबाट निकालेपछि बेखर्ची भएर अलपत्र अवस्थामा पुगेको र नेपालीहरुले नै उनलाई उद्धार गरी नेपालसम्म ल्याएको बाँके एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।