०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

दाङ प्रहरीले जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एकजनालाई जबरजस्ति करणी गरेकोको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धारपानीका अन्दाजी ४० बर्षका सिताराम चौधरी रहेका छन् ।
घोराहीको एक होटलमा आफुलाई लगेर इच्छा विपरित बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।
प्रहरीले चौधरीमाथि जबरजस्ति करणीको मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले होटलबाट चौधरीले युवतीसँग यौनसम्पर्क गर्दा प्रयोग गरेको बिर्यसहितको कण्डम पनि बरामद गरेर अनुसन्धान सुरु गरेको दाङ प्रहरीले जनाएको छ ।
अस्पतालमा युवतीको स्वास्थ्य परीक्षण भइरहेको र आवश्यक परे डिएनए परीक्षण पनि हुने प्रहरीको भनाइ छ । होटलमा पुगेकी युवतीले सहमतिमा यौन सम्पर्क भएपनि पछि एकाएक बलात्कार भएको भन्दै प्रहरी समक्ष उजुरी दिएको चौधरीले बताएको जनाइएको छ । प्रहरीले युवतीको उजुरीपछि बलात्कारमा जाहेरी लिएको थियो । तर, चौधरीले आफुले बलात्कार नगरेको भन्दै अस्विकार गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

error: Content is protected !!