२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले एकजनालाई जबरजस्ति करणी गरेकोको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही ५ धारपानीका अन्दाजी ४० बर्षका सिताराम चौधरी रहेका छन् ।
घोराहीको एक होटलमा आफुलाई लगेर इच्छा विपरित बलात्कार गर्न खोजेको भन्दै युवतीले प्रहरीमा उजुरी गरेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।
प्रहरीले चौधरीमाथि जबरजस्ति करणीको मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले होटलबाट चौधरीले युवतीसँग यौनसम्पर्क गर्दा प्रयोग गरेको बिर्यसहितको कण्डम पनि बरामद गरेर अनुसन्धान सुरु गरेको दाङ प्रहरीले जनाएको छ ।
अस्पतालमा युवतीको स्वास्थ्य परीक्षण भइरहेको र आवश्यक परे डिएनए परीक्षण पनि हुने प्रहरीको भनाइ छ । होटलमा पुगेकी युवतीले सहमतिमा यौन सम्पर्क भएपनि पछि एकाएक बलात्कार भएको भन्दै प्रहरी समक्ष उजुरी दिएको चौधरीले बताएको जनाइएको छ । प्रहरीले युवतीको उजुरीपछि बलात्कारमा जाहेरी लिएको थियो । तर, चौधरीले आफुले बलात्कार नगरेको भन्दै अस्विकार गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]