२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

निशुल्क अक्सिजन सेवा सुचारुको उद्घाटन गर्दै पर्सा एसपी बेल पाण्डे

Logo
प्रकाशित बिहिबार, बैशाख ०९, २०७८

(रवि कुमार वर्णवाल)
बिरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।

अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
तत्कालका लागि सानो सिलिण्डर १४ र ठूलो ५ वटा राखिएको छ । आवश्यकता अनुसार थप गर्दै लैजाने तयारी केन्द्रले गरेको छ । बढ्दो कोभिड संक्रमणसँगै वीरगञ्जमा होम आइसोलसनमा बस्ने संक्रमितको संख्या बढ्दो छ । होम आइसोलेसनमा बस्ने संक्रमितले अक्सिजन नपाएर छटपटिने अवस्था आउन सक्ने स्थिति रहेको भन्दै चिकित्सकहरुले चेतावनी दिइरहेका छन् ।

सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अत्यन्त जरुरी अवस्थामा अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भनेर सेवा सुरु गरिएको बताए । ‘आवश्यक पर्दा अक्सिजन तत्काल सहजै पाइँदैन । खोज्न समय लाग्छ उनले भने तर lरामीलाई त अक्सिजन दिनुनैपर्छ, त्यो बेला हामी निशुल्क सहयोग गर्छौैं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]