१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कोरोना संक्रमण बढ्न थालेपछि पशुपतिका सबै मन्दिर बन्द

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८


(ABC-Sanchar)
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापका अनुसार पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने छ ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजा बाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

तीब्र रुपमा फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले जनाएको छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिएको उनले बताए ।

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।