२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

देशैभरका औषधि थोक व्यवसायी गोलवद्ध हुँदै

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८


(तुफानबाबु श्रेष्ठ)
पोखरा । नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा पर्यटकिय नगरी पोखरामा संघको विधान अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा सभाध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले परिस्कृत संघको मौजुदा विधानले समग्रमा देशैभरका सम्पूर्ण औषधि थोक व्यवसायीलाई अपनत्वको सूत्रमा गोलवद्ध गर्दै यो वा त्यो र मेरो वा तेरो भन्ने भावना अन्त्य गर्दै सिङ्गो औषधि थोक व्यवसायीको गरिमा र मर्यादालाइ मिराकल प्रारुपमा सम्बोधन गर्ने बताउनु भयो । त्यस्तै व्यवसायीको लगानी सुरक्षणको लागि नियमनकारी निकायको समन्वयमा अधिकार सम्पन्न समाधान पोर्टलको अवधारणा कार्यान्वयन गर्ने सम्मको मार्ग पहिल्याउन सकिने दफागत व्यवस्था समेत विधानमा समाविष्ट गरिने उहाँको भनाई थियो । व्यवसायिक रुपमा औषधिको बजारमा देखिएको व्रेकेज, एक्सपाएरी र बाह्य कम्पनीको तर्फबाट आयात हुने औषधि संगै नेपाली औषधि उत्पादक कम्पनी, आयातकर्ता र औषधिका थोक व्यवसायी बिच वेला वखत देखिैदै आएको बिभिन्न खाले समस्या समेतको सम्बोधनका लागि बैधानिक अधिकारको व्यवस्था गर्दै सर्वपक्षिय व्यवसायिक कल्याणको मार्ग अख्तियार गर्ने कुरामा सबै प्रतिवद्द भएर एकजुट हुनुपर्ने अध्यक्ष बास्कोटाले जोड दिनुभयो ।
औषधि थोक व्यवसायीहरुको कर्म क्षेत्रलाइ थप सवलीकरण गर्नका लागि संघको मौजुदा विधानमा परिमार्जन सहित संशोधन गरिएको संघका केन्द्रिय महासचिब गणेश नेपालले बताउनु भयो । यसअघि विस्तारित सबै प्रादेशिक पदाधिकारीको उपस्थितीमा सम्पन्न विधान अधिवेशन मार्फत औषधि थोक व्यवसायीको सांगठनिक संरचना देखि व्यवसायीक कारोवारको क्षेत्रमा देखिदै आएको समस्यालाई समेत सम्बोधन गरिएको लुम्बिनी प्रदेश, दाङ शाखाका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिनुभयो ।
विधान अधिवेशनको सहआयोजक नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका केन्द्रिय प्रवक्ता सुरज पौडेलले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!