२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

देशैभरका औषधि थोक व्यवसायी गोलवद्ध हुँदै

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८


(तुफानबाबु श्रेष्ठ)
पोखरा । नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा पर्यटकिय नगरी पोखरामा संघको विधान अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा सभाध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले परिस्कृत संघको मौजुदा विधानले समग्रमा देशैभरका सम्पूर्ण औषधि थोक व्यवसायीलाई अपनत्वको सूत्रमा गोलवद्ध गर्दै यो वा त्यो र मेरो वा तेरो भन्ने भावना अन्त्य गर्दै सिङ्गो औषधि थोक व्यवसायीको गरिमा र मर्यादालाइ मिराकल प्रारुपमा सम्बोधन गर्ने बताउनु भयो । त्यस्तै व्यवसायीको लगानी सुरक्षणको लागि नियमनकारी निकायको समन्वयमा अधिकार सम्पन्न समाधान पोर्टलको अवधारणा कार्यान्वयन गर्ने सम्मको मार्ग पहिल्याउन सकिने दफागत व्यवस्था समेत विधानमा समाविष्ट गरिने उहाँको भनाई थियो । व्यवसायिक रुपमा औषधिको बजारमा देखिएको व्रेकेज, एक्सपाएरी र बाह्य कम्पनीको तर्फबाट आयात हुने औषधि संगै नेपाली औषधि उत्पादक कम्पनी, आयातकर्ता र औषधिका थोक व्यवसायी बिच वेला वखत देखिैदै आएको बिभिन्न खाले समस्या समेतको सम्बोधनका लागि बैधानिक अधिकारको व्यवस्था गर्दै सर्वपक्षिय व्यवसायिक कल्याणको मार्ग अख्तियार गर्ने कुरामा सबै प्रतिवद्द भएर एकजुट हुनुपर्ने अध्यक्ष बास्कोटाले जोड दिनुभयो ।
औषधि थोक व्यवसायीहरुको कर्म क्षेत्रलाइ थप सवलीकरण गर्नका लागि संघको मौजुदा विधानमा परिमार्जन सहित संशोधन गरिएको संघका केन्द्रिय महासचिब गणेश नेपालले बताउनु भयो । यसअघि विस्तारित सबै प्रादेशिक पदाधिकारीको उपस्थितीमा सम्पन्न विधान अधिवेशन मार्फत औषधि थोक व्यवसायीको सांगठनिक संरचना देखि व्यवसायीक कारोवारको क्षेत्रमा देखिदै आएको समस्यालाई समेत सम्बोधन गरिएको लुम्बिनी प्रदेश, दाङ शाखाका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिनुभयो ।
विधान अधिवेशनको सहआयोजक नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका केन्द्रिय प्रवक्ता सुरज पौडेलले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]