(सागर थापा)
दाङ । गत साउन ९ गते दिउँसो एक महिलालाई बलात्कार गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्वर ३ का २८ वर्षीय अर्जुन बिकलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका बिकलाई दाङको तुलसीपुरको चोकमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनलाई जिल्ला अदालत दाङमा पेश गरी म्याद थप गरिएको छ ।