२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्ती गाउँपालिका ५ को वडा कार्यालयमा भेटियो बियर

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८


(सागर थापा) दाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन  । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन । सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवाग्राहीहरु अचम्मित परेका छन ।   सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै पालना नभएपछी उक्त कार्यालयले जनतालाई कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने प्रश्न उठेको छ । सरकारी कार्यालयमा बसेर कतै जनप्रतिनिधि र कर्मचारीलेनै मादक पदार्थ सेवन गरेका त होइन भन्ने गम्भीर प्रश्न उब्जेको छ जस्को जवाफ उक्त कार्यालयले जनतालाई दिनै पर्छ । यस विषयमा कुरा राख्दा राप्ती गाउँपालिका ५ का वडा अध्यक्ष गोबर्धन रावतले वडा कार्यालय निर्माण हुँदै छ लेबर मिस्टरीले खाएको हुन सक्छ कार्यालयको चाबी मिस्त्रीहरु संघ हुन्छ पानी पियुने त फुर्सद हुन्न बियर का बाट खाने प्रतिक्रिया दिए। यता लेबर र मिस्त्रीलाई प्रशन गर्दा हामीले खाएको होइन कार्यालयको मान्छे हुन् सक्छ बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]