२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

राप्ती गाउँपालिका ५ को वडा कार्यालयमा भेटियो बियर

Logo
प्रकाशित शुक्रबार, बैशाख १०, २०७८


(सागर थापा) दाङ लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन  । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन । सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवाग्राहीहरु अचम्मित परेका छन ।   सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै पालना नभएपछी उक्त कार्यालयले जनतालाई कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने प्रश्न उठेको छ । सरकारी कार्यालयमा बसेर कतै जनप्रतिनिधि र कर्मचारीलेनै मादक पदार्थ सेवन गरेका त होइन भन्ने गम्भीर प्रश्न उब्जेको छ जस्को जवाफ उक्त कार्यालयले जनतालाई दिनै पर्छ । यस विषयमा कुरा राख्दा राप्ती गाउँपालिका ५ का वडा अध्यक्ष गोबर्धन रावतले वडा कार्यालय निर्माण हुँदै छ लेबर मिस्टरीले खाएको हुन सक्छ कार्यालयको चाबी मिस्त्रीहरु संघ हुन्छ पानी पियुने त फुर्सद हुन्न बियर का बाट खाने प्रतिक्रिया दिए। यता लेबर र मिस्त्रीलाई प्रशन गर्दा हामीले खाएको होइन कार्यालयको मान्छे हुन् सक्छ बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो। विजयनगर ३ का वडाध्यक्ष हिर्दय […]

  काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस […]

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

error: Content is protected !!