२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

विशाल सिमेन्टका संचालक अमित श्रेष्ठले श्रीमती थुनाउन गरे प्रहरीको दुरुपयोग

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


 

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीलाई दुरुपयोग गरी एक ब्यापारीले आफ्नै श्रीमतीलाई थुनाएका छन् । श्रीमती कञ्चन खत्रीले माना चामल र अंशबण्डाको मुद्दा हालेपछि विशाल सिमेन्टका संचालक अमित श्रेष्ठले उनलाई २ बर्षअघिको घटनालाई लिएर थुनाउन सफल भएका छन् । २ बर्षअघि अमित श्रेष्ठले श्रीमती कञ्चनलाई आवश्यक घरखर्च चलाउन भाइ सुवासको क्रेडिट कार्ड दिएका थिए । ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्यामा बाजेको सेकुवाका चेतन भण्डारीले अमित श्रेष्ठको समेत नाम पोलेपछि उनी क्यानडा भाग्ने क्रममा श्रीमती कन्चन खत्रीलाई भाइको क्रेडिट कार्ड घरखर्च चलाउनका लागि दिएका थिए । २ बर्षअघि दिएको त्यो क्रेडिट कार्डबाट श्रीमती कन्चनले ७३ हजार रुपैयाँ निकालेकी थिइन् ।

२ बर्षसम्म कहीँ कतै उजुरबाजुर नगरेका अमितले केही दिनअघि क्यानडाबाट फर्किएपछि प्रहरीका हाकिमहरुलाई प्रभावमा पारी उनलाई पक्राउ गराएका छन् । खत्रीलाई काठमाडौं प्रहरी परिसरले क्षेत्राधिकार मिचेर ललितपुरको कुपण्डोलबाट बिहान झिसमिसेमै ५.३० बजे खुँखार अपराधीलाई जस्तै ओछ्यानबाटै पक्राबाटै पक्राउ गरेको छ । श्रीमान श्रीमतीको अंश विवादमा प्रहरीले मिलापत्र गराउनुपर्नेतर्फ पहल नै नगरी ब्यापारी श्रेष्ठको पक्षमा लागेर पक्राउ गरेको छ ।

पक्राउ गरी अदालतबाट म्यादसमेत थपिसकेको छ । काठमाडौंको प्रहरीले ललितपुरमा गएर पक्राउ गर्नै नमिले पनि ब्यापारीको प्रभावमा परी उनलाई क्षेत्राधिकार मिचेर पक्राउ गरिएको गुनासो कन्चनका परिवारजनको छ । प्रहरीले कन्चनलाई श्रीमान अमित श्रेष्ठबिरुद्ध अदालतमा दिएको माना चामल र अंश मुद्दा फिर्ता लिन दबाब दिइरहेको छ । मुद्दा फिर्ता लिन कन्चनलाई मानसिक दबाब दिने काम प्रहरीबाट भएको उनका परिवारका सदस्यले नेपालफेससँग गुनासो गरेका छन् । श्रीमती कन्चन र नाबालक छोरालाई अंश नदिई अमितले धनको बलमा प्रहरीको दुरुपयोग गरी थुनाउने काम गरेका छन् ।

को हुन् अमित श्रेष्ठ

नुवाकोटका अमित श्रेष्ठ जीवन गुजाराका लागि कुनै उपाय नभएपछि बैदेशिक रोजगारका लागि केही बर्षअघि अफगानिस्तान गएका थिए । युद्धग्रस्त देश अफगानिस्तानमा गएका उनी ६ महिनामै फर्किए । र, विशाल सिमेन्टमा ७० करोड लगानी गर्न सफल भए । ६ महिनामै अफगानिस्तानमा उनले कसरी आर्जन गरे त ? युद्धग्रस्त देशका एक धनी दम्पतिको सबै श्रीसम्पत्ति गुटुमुटु पारी उनी भागेर नेपालमा आई सिमेन्ट उद्योग खोल्न सफल भएको चर्चा छ । यसैक्रममा उनी क्यासिनोमा हार्नेहरुलाई मिटरब्याजमा लगानी गर्ने मेची क्राउन होटलका संचालक बलराम सापकोटा ‘बले’को सम्पर्कमा पनि पुगेका थिए । उनले सापकोटासँग मिटरब्याजको धन्दा पनि केही समय गरेका थिए । तर नेपालीलाई क्यासिनोमा प्रवेश गर्न बन्देज लगाएपछि उनले मिटर ब्याजको धन्दा सुक्न पुगेपछि बले र श्रेष्ठ अरु पेशातिर लागेका हुन् । बलेसँगै काम गर्ने क्रममा अमितको झापाकी अमित श्रेष्ठ कन्चन खत्रीसँग चिनजान भयो ।

रातारात धनी भएका उनी कन्चनको रुपमा आकर्षित भए । जेठी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरी बिहे गर्छु भनेर कन्चनसँग लिभिङ टुगेदरमा बस्न थाले । कन्चनसँग विवाह गराउन उनले बलेलाई नै अनुनय विनय गरे । जेठी श्रीमतीसँग सम्बन्ध विच्छेदको कागज समेत देखाएपछि कन्चन श्रेष्ठसँग विवाह गर्न राजी भइन् । तर, विवाह गरेपछि कन्चनसँग केही समय त राम्रै सम्बन्ध भयो । कन्चनको पेटमा गर्भ रहेपछि उनीहरुको सम्बन्धमा दरार आउन सुरु गर्यो । अमितले गर्भपतन गराउन दबाब दिए । तर कन्चनले नमानेपछि बैंककमा लगे । बैंककमा कन्चनको छोरा जन्मियो । छोरा जन्मिएपछि झन् सम्बन्ध बिग्रदै गयो ।

यसबीचमा कन्चनले अमित श्रेष्ठबिरुद्ध मानाचामल र अंशमुद्दा मुद्दा दायर गरिन् । अंशमुद्दा हालेपछि अमित क्यानडातिर पलायन भए । बिशाल सिमेन्टको सेयर २ अर्बमा बिक्री गरे पनि कर छल्न ७ करोडमात्र देखाएको आरोप अमितमाथि छ । जसका कारण त्यो सेयर खरिद बिक्री पनि हुन सकेको छैन । कन्चनले अंश र माना चामलमा मुद्दा हालेपछि क्यानडाबाट नेपाल आई अमितले प्रहरीसँग सेटिङ मिलाएर श्रीमतीलाई थुनाएका छन् । प्रहरीमार्फत् अंश र मानाचामलको मुद्दा फिर्ता लिए छाडिदिने दबाब पनि सँगैसँगै दिइरहेका छन् ।

२ बर्षअघि घरखर्चका लागि श्रीमानले नै दिएको क्रेडिट कार्ड अनधिकृत प्रयोग गरेको बारेमा प्रहरीले खत्रीलाई थुनेकोबारेमा काठमाडौंका एसएसपी अशोक सिंहसँग सोध्दा उनले भने–श्रीमानको क्रेडिट कार्ड त प्रयोग गरेको होइन, भाइको चोरेर प्रयोग गरेकाले पक्राउ गरिएको हो । काठमाडौं प्रहरीले क्षेत्राधिकार मिचेर पक्राउ गरेकोबारेमा उनले भने–मुद्दा काठमाडौंमा दर्ता भइसकेपछि पक्राउ त गर्न जहाँबाट पनि सकिन्छ ।

सुन तस्करीमा मुछिएका थिए अमित
३ बर्षअघि ३३ किलो तस्करी र सनम शाक्य हत्याकाण्डमा पनि मुछिएका थिए अमित श्रेष्ठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले बाजेको सेकुवाका संचालक चेतन भण्डारीलाई पक्राउ गरेपछि उनले अमित श्रेष्ठको नाम ३३ किलो सुन तस्करीमा पोलेका थिए । चेतन भण्डारीका ब्यापारिक साझेदार समेत रहेका अमित श्रेष्ठलाई त्यतिबेला पक्राउ पर्नबाट नेपाली कांग्रेसका नेता जगदिशनरसिंह केसीले जोगाएका थिए । त्यही पक्राउको डरले उनी क्यानडा पलायन भएका थिए ।

कानुनी रूपमा जोगिएर मैखिक सहमति र कागजी प्रमाण राख्दै श्रेष्ठ र भण्डारीले चुडामणि उप्रेती गोरेलाकई लगानी गरेको प्रमण सुन छानबिन समितिले फेलापारेको थियो । लामो समयदेखि भण्डारी र श्रेष्ठले संयुक्त रुपमा व्यापार गर्दैआएका छन् । हाईड्रो पावर र केबलकारमा यी दुईको संयुक्त लगानी छ । नेपाल फेसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!