३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

प्रधानमन्त्री केपी ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

Logo
प्रकाशित शनिबार, बैशाख ११, २०७८


(ABC-Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार २०७२ को भूकम्पले ढालेको पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने नसकिएको बताइएकाे छ ।

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।

नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ ।

यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा समेत बन्ने छ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए । ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण […]

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र […]

मेष-साथीसङ्गत र सामाजिक काममा मन जानेछ। बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। बोलीमा मधुरता राख्नुहोस्। वृष-काममा प्रशंसा पाइनेछ। परिवार र साथीको साथ मिल्नेछ। अरुलाई सहयोग गर्दा फाइदा हुनेछ। मिथुन-नयाँ कुरामा सिक्ने अवसर मिल्नेछ। विदेश वा उच्च अध्ययनको योजना बनेको छ भने अगाडि बढ्न सकिन्छ। आत्मविश्वास बढ्नेछ। कर्कट-अलिकति चिन्ता बढ्न सक्छ। ऋण वा सम्पत्तिको कुरामा […]

error: Content is protected !!