०१ माघ २०८१, मंगलबार
14-01-2025 , Tue
×

दाङमा चोरी सिकारी बढ्दो गोलि लागेको चित्तल मृतफेला

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन बन कार्यालय देउखुरीलाई जिम्मा लगाईएको छ ।
मृत चित्तलको पोष्टमार्टम गरि जँगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन चौधरीले बताए ।

जनप्रतिनिधि बुढा सहित प्रहरी चौकि बनगैँका प्रमुख कमल पौडेल, बन कर्मचारी मुरारी शर्मा, डिभिजन बन कार्यालयका प्रतिनिधि हरु, स्थानिय, सामुदायिक बनका प्रतिनिधि उद्दार कार्यमा खटिएका हुन ।

मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरी लगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानिय बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]

  काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]

मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । […]

error: Content is protected !!