२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा चोरी सिकारी बढ्दो गोलि लागेको चित्तल मृतफेला

Logo
प्रकाशित आइतबार, बैशाख १२, २०७८

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि, प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।

लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा मगरको रोहबरमा मुचुल्का उठाई डिभिजन बन कार्यालय देउखुरीलाई जिम्मा लगाईएको छ ।
मृत चित्तलको पोष्टमार्टम गरि जँगलमा गाडिने डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत पुरन चौधरीले बताए ।

जनप्रतिनिधि बुढा सहित प्रहरी चौकि बनगैँका प्रमुख कमल पौडेल, बन कर्मचारी मुरारी शर्मा, डिभिजन बन कार्यालयका प्रतिनिधि हरु, स्थानिय, सामुदायिक बनका प्रतिनिधि उद्दार कार्यमा खटिएका हुन ।

मासुका लागि चित्तललाई निशाना बनाएको हुनसक्ने अनुमान गरिएको छ । चित्तलको पछाडी खुट्टा र ढाडमा गोली लागेको छ । पछिल्लो समय देउखुरी लगायत दाङमा चोरी सिकारी बढिरहेको स्थानिय बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]