![](https://www.abcsanchar.com/wp-content/uploads/2021/04/received_1080399692451898.jpeg)
(ABC-Sanchar) बाँके । नेपालगञ्ज पुगेको सरकारी टोलीलले स्थिति भयावह रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
‘स्थिति एकदमै भयावह छ । अहिले प्रारम्भिक चरण हो । बाँके मात्र होइन अब देशभर नै फैलन्छ,’ अनुगमनका लागि नेपालगञ्ज पुगेका स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठलेभने यहाँ अस्पतालहरू भरिएको छ । अस्पताल विस्तार गर्न आज सबै निकायसँग छलफल गर्दै छौँ ।’
द्रूत गतिमा संक्रमण फैलिएको उनको निष्कर्ष छ । ‘अरु रोग नभएका युवको मृत्यु भइरहेको छ । छिटो छिटो संक्रमण सरेको छ,’ श्रेष्ठले भने, ‘युवा र बालबालिका बढी टार्गेटमा परेका छन् ।’
संक्रमितले अस्पताल भरिएपछि नेपालगञ्जले माग्यो मेडिकल सहायता, कहिले पुग्ला टुंगो छैन
परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र नाकामा कडाइ गर्नुपर्ने देखिएको उनले बताए । कोरोना संक्रमण र मृत्युको दर उच्च भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठको टोली नेपालगञ्ज पुगेको हो । रासस