२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा डाक्टरको निष्कर्ष स्थिति भयावह स्वास्थ मापदण्ड पालना गर्न अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८


(ABC-Sanchar) बाँके । नेपालगञ्ज पुगेको सरकारी टोलीलले स्थिति भयावह रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

‘स्थिति एकदमै भयावह छ । अहिले प्रारम्भिक चरण हो । बाँके मात्र होइन अब देशभर नै फैलन्छ,’ अनुगमनका लागि नेपालगञ्ज पुगेका स्वास्थ्य मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठलेभने यहाँ अस्पतालहरू भरिएको छ । अस्पताल विस्तार गर्न आज सबै निकायसँग छलफल गर्दै छौँ ।’

द्रूत गतिमा संक्रमण फैलिएको उनको निष्कर्ष छ । ‘अरु रोग नभएका युवको मृत्यु भइरहेको छ । छिटो छिटो संक्रमण सरेको छ,’ श्रेष्ठले भने, ‘युवा र बालबालिका बढी टार्गेटमा परेका छन् ।’

संक्रमितले अस्पताल भरिएपछि नेपालगञ्जले माग्यो मेडिकल सहायता, कहिले पुग्ला टुंगो छैन
परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र नाकामा कडाइ गर्नुपर्ने देखिएको उनले बताए । कोरोना संक्रमण र मृत्युको दर उच्च भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्र श्रेष्ठको टोली नेपालगञ्ज पुगेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]