०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

साइकलमा श्रीमतीको शव लिएर घुमिरहे गाउँलेले गर्न दिएनन् अन्तिम संस्कार

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

 

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरले थुप्रैलाई गाँजेको छ । डरको यो माहौलका बीच भारतको उत्तर प्रदेशको जौनपुरबाट एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ जसले मानवतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यहाँ गाउँलेले एक वृद्धालाई उनकी श्रीमतीको अन्तिम संस्कार गर्न दिएनन् किनभने सबैलाई कोरोनाको डर थियो । वृद्ध आफ्नी श्रीमतीको शव लिएर भड्किरहे तर कसैले पनि उनको मद्दत गरेनन् ।

भारतीय मिडिया आजतकका अनुसार यो घटना उत्तर प्रदेशको जौनपुरको हो । यहाँ तिलकधारी सिंहकी श्रीमती राजकुमारी थुप्रै दिनदेखि बिरामी थिइन् । सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र उनलाई अस्पताल भर्ना गरियो । तर उनको अस्पतालमा नै मृत्यु भयो । अस्पतालबाट एम्बुलेन्समा राखेर शव घर पुर्याइयो ।

तर त्यसपछि जे भयो, त्यो योभन्दा पनि दर्दनाक थियो । कोरोनाका डरका कारण कोही पनि गाउँले तिलकधारी सिंहको घरमा पुगेनन्, कुनै मद्दत पनि गरिएन न कसैले सान्त्वनासम्म पनि दिए । यस्तोमा शवको स्थिति थप नबिग्रियोस् भनेर उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारातर्फ हिँडे ।

प्रहरीले गराए अन्तिम संस्कारको व्यवस्थाः

तर त्यहाँ गाउँले पुगेर यस्ता गर्न दिएनन् । तसर्थ अन्तिम संस्कार हुन सकेन । जब यसबारे प्रहरीलाई थाहा भयो तब उनीहरुले शवलाई जौनपुरको रामघाटमा अन्तिम संस्कार गराए । प्रहरीले अन्तिम संस्कारको पूरा प्रक्रिया आफ्नो निगरानीमा नै गराए ।

स्मरण रहोस्, कोरोनाको संकटकालमा यस्तो स्थिति पैदा भएको छ कि मानिसहरु कुनै पनि बिरामी वा मृत व्यक्तिको नजिक जान नै डराइरहेका छन् । हालका समयमा यस्ता थुप्रै उदाहरण देख्न पाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!