२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

साइकलमा श्रीमतीको शव लिएर घुमिरहे गाउँलेले गर्न दिएनन् अन्तिम संस्कार

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

 

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरले थुप्रैलाई गाँजेको छ । डरको यो माहौलका बीच भारतको उत्तर प्रदेशको जौनपुरबाट एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ जसले मानवतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यहाँ गाउँलेले एक वृद्धालाई उनकी श्रीमतीको अन्तिम संस्कार गर्न दिएनन् किनभने सबैलाई कोरोनाको डर थियो । वृद्ध आफ्नी श्रीमतीको शव लिएर भड्किरहे तर कसैले पनि उनको मद्दत गरेनन् ।

भारतीय मिडिया आजतकका अनुसार यो घटना उत्तर प्रदेशको जौनपुरको हो । यहाँ तिलकधारी सिंहकी श्रीमती राजकुमारी थुप्रै दिनदेखि बिरामी थिइन् । सोमबार उनको स्वास्थ्य अवस्था बिग्रियो र उनलाई अस्पताल भर्ना गरियो । तर उनको अस्पतालमा नै मृत्यु भयो । अस्पतालबाट एम्बुलेन्समा राखेर शव घर पुर्याइयो ।

तर त्यसपछि जे भयो, त्यो योभन्दा पनि दर्दनाक थियो । कोरोनाका डरका कारण कोही पनि गाउँले तिलकधारी सिंहको घरमा पुगेनन्, कुनै मद्दत पनि गरिएन न कसैले सान्त्वनासम्म पनि दिए । यस्तोमा शवको स्थिति थप नबिग्रियोस् भनेर उनले २७ अप्रिलमा श्रीमतीको शव साइकलमा राखे र दाह संस्कार गर्नका लागि नदीको किनारातर्फ हिँडे ।

प्रहरीले गराए अन्तिम संस्कारको व्यवस्थाः

तर त्यहाँ गाउँले पुगेर यस्ता गर्न दिएनन् । तसर्थ अन्तिम संस्कार हुन सकेन । जब यसबारे प्रहरीलाई थाहा भयो तब उनीहरुले शवलाई जौनपुरको रामघाटमा अन्तिम संस्कार गराए । प्रहरीले अन्तिम संस्कारको पूरा प्रक्रिया आफ्नो निगरानीमा नै गराए ।

स्मरण रहोस्, कोरोनाको संकटकालमा यस्तो स्थिति पैदा भएको छ कि मानिसहरु कुनै पनि बिरामी वा मृत व्यक्तिको नजिक जान नै डराइरहेका छन् । हालका समयमा यस्ता थुप्रै उदाहरण देख्न पाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]