१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

राप्ति उपक्षेत्रीय अस्पतालमा बिरामीहरु सास्ति खेप्दै

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

(सागर थापा दाङ)
दाङ असार ६ प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भएको बेला दाङ घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालका बिरामीहरु पंखा बिहिन उपचारगराउन बाध्य भएका छन् ।
आज जिल्लास्थित कृयासील पत्रकारहरुको एक टोलीले गरेको अनुगमनबाट अस्पताल प्रशासनको लापरबाही बाहिर आएको हो ।
राप्ति उपक्षेत्रीय अस्पतालको सेवा सुबिधाहरुबारे जनगुनासो बढेपछि पत्रकारहरुको एक टोली वास्तविकता बुझ्न अस्पताला पुगेो थियो । अनुगमनका क्रममा सौचालय दुर्गन्धित तथा मलमूत्रको उचित व्यवस्थापन नगरीएको , सरसफाईमा पुर्णतः लापर्वाहि गरीएको , खिया लागेको बेडहरु, हातधुने बेसिन कक्षमा मूत्र जमेको पाईएको छ ।
गर्मीबढेसंगै सिजनल बिरामीहरुको अत्यधिक चाप रहेको अहिलेको अवस्थामा बिरामीहरु भुईमा पल्टिएर उपचार गराउन बाध्य देखिएको अनुगमन टोलिका सदस्य पत्रकार दिपक जिएम ले जानकारी दिनुभयो । “ अस्पतालको इमर्जेन्सि वार्ड मा बाहेक बिरामी भर्ना गर्ने वार्डमा बिगत चार दिनदेखी पंचा नचलेको बिरामी सुसिला चौधरीले अनुगमनका क्रममा हामि लाई बताउनुभयो ” जिएमले भन्नुभयो । राप्ति उपक्षेत्रीय अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बिषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष बिच रस्साकस्सि चलिरहेका बेला बिरामीहरुले अस्पतालको सामान्य सेवा प्रवाहबाट समेत बन्चित रहनुपरेको देखिएको । प्रायसः डक्टरहरु दिवा साढे ३ बजे मात्र अस्पताल आउने र अन्य समयमा बिरामीको अवस्था बुझ्न नआउनेगरेको उपचारकको क्रममा रहनुभएकी डसनी चौधरीले बताउनुभयो । स्वस्थ्य मान्छे अस्पताल जाँदा आफै बिरामीहुने अवस्था रहेको अनुगमनमा संलग्न पत्रकार सागर थापाले जानकारी दिनुभयो । “यस बिषयमा कर्मचारी संग बुझ्दा अस्पताल प्रसासन संग सम्पर्क राख्न भनियो तर अस्पताल प्रसासनमा पुग्दा प्रसासनीक कर्मचारीहरु फाँटमा भेटिएनन्” थापाले भन्नुभयो । सरसफाईका सामगिह्र राख्ने कोठामा पानपुकार खाएर जताततै थुकेको प्रस्ट देख्न सकिन्छ । यस बिषयमा अस्पतालका मेसु जनार्दन पंथी संग बुझ्दा भोली मर्मत गर्ने प्रतिकृया दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!