०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

राप्ति उपक्षेत्रीय अस्पतालमा बिरामीहरु सास्ति खेप्दै

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

(सागर थापा दाङ)
दाङ असार ६ प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त भएको बेला दाङ घोराही स्थित राप्ति उपक्षेत्रिय अस्पतालका बिरामीहरु पंखा बिहिन उपचारगराउन बाध्य भएका छन् ।
आज जिल्लास्थित कृयासील पत्रकारहरुको एक टोलीले गरेको अनुगमनबाट अस्पताल प्रशासनको लापरबाही बाहिर आएको हो ।
राप्ति उपक्षेत्रीय अस्पतालको सेवा सुबिधाहरुबारे जनगुनासो बढेपछि पत्रकारहरुको एक टोली वास्तविकता बुझ्न अस्पताला पुगेो थियो । अनुगमनका क्रममा सौचालय दुर्गन्धित तथा मलमूत्रको उचित व्यवस्थापन नगरीएको , सरसफाईमा पुर्णतः लापर्वाहि गरीएको , खिया लागेको बेडहरु, हातधुने बेसिन कक्षमा मूत्र जमेको पाईएको छ ।
गर्मीबढेसंगै सिजनल बिरामीहरुको अत्यधिक चाप रहेको अहिलेको अवस्थामा बिरामीहरु भुईमा पल्टिएर उपचार गराउन बाध्य देखिएको अनुगमन टोलिका सदस्य पत्रकार दिपक जिएम ले जानकारी दिनुभयो । “ अस्पतालको इमर्जेन्सि वार्ड मा बाहेक बिरामी भर्ना गर्ने वार्डमा बिगत चार दिनदेखी पंचा नचलेको बिरामी सुसिला चौधरीले अनुगमनका क्रममा हामि लाई बताउनुभयो ” जिएमले भन्नुभयो । राप्ति उपक्षेत्रीय अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको बिषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष बिच रस्साकस्सि चलिरहेका बेला बिरामीहरुले अस्पतालको सामान्य सेवा प्रवाहबाट समेत बन्चित रहनुपरेको देखिएको । प्रायसः डक्टरहरु दिवा साढे ३ बजे मात्र अस्पताल आउने र अन्य समयमा बिरामीको अवस्था बुझ्न नआउनेगरेको उपचारकको क्रममा रहनुभएकी डसनी चौधरीले बताउनुभयो । स्वस्थ्य मान्छे अस्पताल जाँदा आफै बिरामीहुने अवस्था रहेको अनुगमनमा संलग्न पत्रकार सागर थापाले जानकारी दिनुभयो । “यस बिषयमा कर्मचारी संग बुझ्दा अस्पताल प्रसासन संग सम्पर्क राख्न भनियो तर अस्पताल प्रसासनमा पुग्दा प्रसासनीक कर्मचारीहरु फाँटमा भेटिएनन्” थापाले भन्नुभयो । सरसफाईका सामगिह्र राख्ने कोठामा पानपुकार खाएर जताततै थुकेको प्रस्ट देख्न सकिन्छ । यस बिषयमा अस्पतालका मेसु जनार्दन पंथी संग बुझ्दा भोली मर्मत गर्ने प्रतिकृया दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च र […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]