(रवि वर्णवाल)
वीरगञ्ज । प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यन्वयनका लागि वीरगञ्जमा कडाइ गरिएको छ ।
वीरगञ्ज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार पर्सा जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।
पाण्डेले पर्सामा २ सय ६६ जना प्रहरी परिचालन गरिएको बताए । बजार खुल्ने समयअवधि बाहेकको समयमा गाडी र मोटरसाइकल चलेको पाए नियन्त्रणमा लिएर होल्ड गरिने उनको भनाइ छ ।
एसएसपी पाण्डेले वीरगञ्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ बताए । त्यसैगरी जिल्ला प्रहरी र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ राखिएको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन गरिएको उनले बताए ।
पाण्डेले गएराति निर्देशान विपरित विभिन्न वैवाहिक कार्यक्रममा भइरहेको कार्यक्रमपनि रोकिएको बताए । उनले मास्क नलगाएकालाई पनि होल्ड गरिएको बताए ।